विराटनगरः विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले साहित्यकार झमककुमारी घिमिरेलाई आज सम्मान गर्ने भएको छ ।

धनकुटाकी साहित्यकार घिमिरेलाई १६ हजार १ सय ११ रुपैयाँको किशोरी खतिवडा स्मृति पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संस्थाको २० औँ वार्षिक साधारणसभा आज विराटनगरमा हुँदैछ ।