नेपाल न्युज बैक / रितिका सेडाई

कोरोना महामारीले सताएका नेपाली जनता अहिले बढ्न थालेको संक्रमण दरबाट त्रसित छन् । कतै पुरानै रुप लिने त होइन भन्ने भयले उनीहरुलाई सताउन थालेको छ । तर चिकित्सकहरु भन्छन्ः अहिलेको कोरोनासंग डराउनु पर्दैन । 

पछिल्लो केही समयदेखि प्रत्येक दिन सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । त्यसमाथि कोरोनाबाट हरेक दिन जसो एक जनाको मृत्यु पनि हुने  गरेको छ । यो तथ्यांकबीच छिमेकी मुलुकमा भारतमा पनि कोरोना संक्रमितको दर हरेक दिन बढ्दो छ । जस्को कारण पनि नेपाली नागरिकले भयभित बन्नु पर्ने अवस्था देखिएको हो । तर, सरुवा रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुन भने अहिलेको कोरोनासंग डराउनु पर्ने अवस्था नरहेको बताउछन् । 

डाक्टर पुनले पछिल्लो पटक नेपालमा देखिएका कोरोना भाइरस ओमिक्रोन भेरिएन्ट भएको बताए । जस मध्ये अलि चर्चामा आएको एक्सबीबी, यड्ट वान र सिक्स्टिन हा,े जस्ले पछिल्लो समयमा संक्रमण फैल्याउन भुमिका खेलेका छन् । पहिला जस्मा ओमिक्रोन असर गरेको थियो विशेषत उनैलाई यो भारइसले सताएको उनको निष्कर्ष छ । जसमा जेष्ठ नागरिक र दिर्घरोगीहरु बढी छन् । 

लहर अनुसार कोरोनाको भाइरस फरक देखिए 

डाक्टर पुनका अनुसार कारोना भाइरस लहर अनुसार फरक पाएको बताउँछन् ।  जस्ता,े पहिलोमा बूढाबूढी दीर्घरोगी, दोस्रोमा युवा निरोगी र तेस्रोमा आएर पुनः  बूढाबूढी दीर्घरोगी रहेका छन् । तेस्रो भेरियन्टमा विभिन्न उपप्रजातिहरु घुमिरहेको देख्छौं । ओमिक्रोन पछिको नयाँ भेरियन्ट आएको छैन तर त्यही भेरियन्ट भित्रको जति पनि हांगाविगाहरु छन, त्यही घुमिरहेका छन् । त्यो न्युटेसन भएर जिनमा परिवर्तन भएर तथा एक आपसमा भाईरसहरु मिसिएर नयाँ भाईरसहरु बन्ने क्रम जारी छ । अहिले यही भाइरसले दीर्घरोगीदेखि झण्डै ७० प्रतिशत भन्दा बढी जेष्ठ नागरिकहरुलाई आफ्नो प्रभावमा लपेटेको छ । 

अहिलेको कोरोनाबाट डराउनु पर्दैन 

अहिलेको कोरोनाबाट डराउन पर्ने अवस्था छैन । किनभने यदि हामीले सर्तकता अपनाउने हो भने त्यो अवस्थामा पुग्नै पर्र्दैन । अहिले कोरोना भारतबाट सरेर आएको भन्ने अनुमान गरेका छौं । नेपालमा ३,४ महिना अगाडि पनि १७ वटा भेरियन्टहरु घुमिरहेको अवस्था थियो । तेस्रो मुलुकबाट पनि कोरोना नआउला भन्न सकिन्न । तर, अहिले भारतमा भेटिएका संक्रमितसंग नेपालमा पुष्टि भएका संक्रमितमा देखिएको लक्षण र प्रभाव उस्तै छ । 

अब डरलाग्दो अवस्था आउने सम्भावना देखिदैन् 

तुलनात्मक रुपमा अहिले देखिएको भाइरस डरलाग्दो छैन । पहिलाको जस्तो डर लाग्दो अवस्था चाहीँ हुने सम्भावना अहिले तत्काल देखिदैन् । 

यसपटक संक्रमितमा लक्षणहरु थप देखिए 

पहिलेको कोरोनाको भन्दा अहिलेको कोरोनाको थप लक्षणहरु देखिएको छ । बिरामीहरुसंग कुराकानी गर्दा उनीहरुमा थप लक्षण देखिएको पाइयो । पहिला घाँटी दुख्ने, नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, टाउको दुख्ने, जिउ दुख्ने र स्वाद थाहा नपाउने आदि थियो । तर अहिले आँखा रातो हुने समस्या पनि थपिएको छ । साबुन पानीले नियमित हात धुने , माक्स लगाउने र राम्रोसंग पकाएको खाना खाए अहिलेको भाइरसले असर नपार्ने पनि डाक्टर पुनको सुझाव छ ।