इटहरीः इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीस्थित ट्याङग्रापूलको मर्मत चाँडै गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् । रानी - किमाथाङ्का ६ लेन सडकको प्रगति समिक्षा कार्यक्रमा सडक विभागका सम्बन्धित अधिकारिहरुलाई ट्याङ्ग्रा पुल तत्काल मर्मत निर्माण गर्न मेयर चौधरीले ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलगायत उपस्थित समिक्षा कार्यक्रममा चौधरीले ट्याङ्ग्रा पुल बनाउने जिम्मा सडक बिभागको भएकाले तत्काल बनाउन भएका हुन् ।
'जनता पटक- पटक उपमहानगरनगरपलिकासंग यति पनि नगर्ने भन्दै गुनासो गर्न आउंछन' चौधरीले भने -'तर यो काम संघीय सरकारको हो, हामीले काम छिटो गर्न दबाब सृजना गर्ने हो,काम यथाशिघ्र हुनुपर्यो।'
कार्यक्रममा सहभागी सडक बिभागका इन्जिनियरले ट्याङग्रा पूल मर्मत १ महिना भित्रमा गरिसक्ने प्रतिवद्धता जनाएका छन् । पूल मर्मत नहुँदा यातायात आवागमनमा समस्या हुँदै आएको छ ।
पुलको दुवै भागकाे रेलिङ भत्किएका छन् । पुलमा खाल्डाखुल्डी बनेका छन् । लामो समयदेखि सम्वन्धित पक्षले चासो नदिँदा सर्वसाधारणलाई हैरानी भइरहेको छ । त्यहाँ दिनमा पटक- पटक सवारी जाम समेत हुँदा यात्रुहरु पीडित हुदै आएका छन् । पूलको मर्मत संहार नभएसम्म लगातार दबाब दिइरहने मेयर चौधरीले बताउँछन् ।