इटहरी: जेसिसका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष महेश पौडेललाई इटहरी उपमहानगरपालिकाले वधाई ज्ञापन गरेको छ । उपमहनागपलिकाले इटहरीवासीको तर्फवाट भन्दै कार्यक्रम आयोजना गरि जनकपुरमा अधिवेशनबाट अध्यक्षमा निर्वाचित इटहरी ६ का पौडेललाई वधाई ज्ञापन गरको हो ।
कार्यक्रममा मेयर द्वारिकलाल चौधरीले इटहरीका मात्र होइन देशकै युवाको क्षमता अभिवृद्धिका लागि पौडेलको कार्यकाल सफल बनाउन शुभकामना प्रदान गरेका थिए । उपमेयर लक्ष्मी गौतमले १३ बर्षपछि इटहरीले पूनः जेसीजको राष्ट्रिय अध्यक्ष पाएकोमा खुसि व्यक्त गरेकी थिइन् ।
पौडेल इटहरीबाट जेसीजको राष्ट्रिय अध्यक्ष बन्ने दाेस्राे ब्यक्ति हुन् ।
इटहरीका अर्जुन प्रसाई १३ बर्षअघि जनकपुर अधिवेश बाटै जेसीजको अध्यक्षमा चुनिएका थिए ।