इटहरीः लायन्स क्लब आफ इटहरीले आज इनरूवामा फरक क्षमता भएका ५० जना व्यक्तिलाई न्यानो कपडा (ज्याकेट र मोजा) वितरण गरेको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक राजीव कोइरालाले कपडा वितरण गरेका थिए ।

उनले सरकारले गर्नुपर्ने काम लायन्सले गरेको भन्दै उक्त सामाजिक कार्यको प्रशंसा गरेका थिए । उनले यस्तो कार्य जारी राख्न सुझाव पनि दिए ।

कार्यक्रममा अमेरिकाबाट प्राप्त भएका २ ह्वीलचेयर पनि प्रदान गरिएको थियो । ह्वील चेयर प्राप्त गर्नेमा रूपेश मेहता र पूर्णिमा परियार रहेका छन् । उनीहरूलाई हिँडडुल गर्न सहज होस् भनेर क्लबले ह्वील चेयर मगाएर दिएको जनाएको छ ।

लायन्स क्लबका सदस्यहरूले पैसा उठाएर न्यानो कपडा किनेको अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । कार्यक्रम संयोजक पूर्णिमा प्याकुरेलले आउने दिनमा पनि क्लबले सहयोग गर्दै जाने बताइन् ।

कार्यक्रममा जोन पर्सन लायन उदयनारायण बरालले पनि सो कार्यको प्रशंसा गरेका थिए ।

49044892_1327824027360469_4449786637794148352_n