इनरुवाः देशैभर आज जिल्ला प्रशासन कार्यालयमा गुरुङ समुदायले दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । उनीहरूको माग छ, ल्होसार पर्वमा सार्वजनिक बिदा दिइनुपर्ने ।

सबै धर्म समुदायलाई संविधानले समान रूपमा हेरेको भन्दै ल्होसारको बिदा कटौतीप्रति गुरुङ समुदायको आपत्ति रहेको छ । उनीहरूले आज सुनसरीका विभिन्न स्थानबाट भेला भएर इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । शान्तिपूर्ण रूपमा आवाज उठाउँदै सरकारको ध्यानाकर्षणको प्रयास गरेको बताइएको छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य केशरमान गुरुङले सरकारको कानसम्म आवाज पु¥याउन धर्ना कार्यक्रमको आयोजना गर्नुपरेको जानकारी दिए । उनले आउँदो आइतबार सरकारले देशभर बिदा दिनुपर्ने माग राखे ।

आदिवासी तमू जातिको राष्ट्रिय पर्वमा बिदा कटौती गर्न नहुने माग देशभर उठेको जिल्ला सदस्य दिव्य गुरुङले जानकारी दिए ।

48427434_1972086506210719_4830501511098269696_n copy