दमकः इटहरीमा बसेर कविताकर्म गर्ने चर्चित कवि बद्री भिखारीको पछिल्लो कविताकृति ‘समुद्र साउती’को दमकमा परिचर्चा हुने भएको छ ।
नेपाल लिटरेरी ग्रुपको आयोजना तथा शब्द खिम झापा र कदम थिएटर दमकसँगको सहकार्यमा पुस १४ गते हुने परिचर्चामा मिश्र वैजयन्ती, मुनराज शेर्मा र सुन्दर कुरूपले बोल्नेछन् । जितेन मुस्कानले सहजीकरण गर्ने परिचर्चा कार्यक्रम दिउँसो १२ बजे दमकको होटल एलजीमा हुने आयोजक समूहका सचिव विराट किराती बताउँछन् ।

‘माडसा’बको झोला’ नामक कविता प्रकाशित गरिसकेका कवि भिखारीको यो कृति काठमाडांैको शिखा बुक्सले प्रकाशन गरेको हो । भानु जयन्तीको अवसरमा सङ्घीय राजधानी काठमाडांैमा गत असार २९ गते पुस्तकको लोकार्पण भएको थियो ।