इलामः इलामको सूर्योदय नगरपालिका– ५ समाल्बुङमा एक व्यक्ति मृत फेला परेका छन् ।

गत शनिबारदेखि हराइरहेका ४१ वर्षीय केशबहादुर राई मानव बस्तीभन्दा १ सय मिटर पर बारीको कान्लामा मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार अत्यधिक मादक पदार्थ सेवन गर्ने राई अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेका थिए । शनिबार घरबाट हराएपछि परिवारले खोजी गर्ने क्रममा बारीको कान्लामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।