इटहरीः कवि आलोक खनालको ‘म देश भएको छैन’ नामक कविता सङ्ग्रहमाथि इटहरीमा विमर्श भएको छ ।

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले प्रकाशन गरेको ४० वटा कविताहरू समावेश गरिएको उक्त पुस्तकमा मङ्गलबार विमर्श गरिएको हो ।

विश्व आदर्श कलेजको सभाहलमा सो सङ्ग्रहमाथि विमर्श गरिएको थियो । सो विमर्श कार्यक्रममा साहित्यकार प्रा.डा. भीम खतिवडा, टीका आत्रेय लगायतले पुस्तकबारे आफ्नो धारणा राखेका थिए ।

उमेरमा सानो नै भए पनि कविताका अन्तरवस्तुमा भने कवि आलोक खनाल निकै अनुभावी देखिएको खतिवडाले टिप्पणी गरेका थिए ।

इटहरी घर भएका कवि खनालको ’म देश भएको छैन’ कविता संग्रहमा अधिकांश देशप्रेमका भावना समेटिएका छन् ।