इटहरी/ केही समय अघिसम्म अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा लिन काठमाडौं वा विदेशका विभिन्न कलेजमा जानुपर्ने बाध्यता रहेको थियो । अहिले पूर्वको इटहरी तथा विराटनगरमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने शैक्षिक संस्था खुल्न थालेका छन् । त्यसमध्येको एउटा कलेज हो इटहरी इन्टरनेशनल कलेज ।
मोरङ जिल्लाको सुन्दरहरैंचा–४ दुलारीमा रहेको सो कलेज इनोभेट नेपाल गु्रपको व्यस्थापनमा सञ्चालनमा रहेको छ । बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको साझेदारीमा बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्न सक्ने वातावरण सो कलेजले सिर्जना गरेको छ । कलेजमा बिआइटी र बिबिएको कक्षा सञ्चालन हुँदै आएको छ ।
काठमाडौंको इस्लिङ्टन कलेज, तथा इटहरीका विश्व आदर्श कलेज र सुषमा गोदावरी कलेजको साझेदारीमा बेलायतको स्नातक तहको बिजनेस र आइटी (बिबिए र बिआइटी) डिग्री सो कलेजले सञ्चालनमा ल्याएको हो ।
सो कलेजमा अध्ययन हुने विषयको स्तरीयताको सम्बन्धमा समयसमयमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तर मापन गर्ने संस्थाले स्थलगत अध्ययन तथा अनुगमन गर्ने गरेको छ । सो संस्थाले लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका पदाधिकारी तथा अन्य पदाधिकारीको सहकार्यमा विद्यार्थीका लागि दिइने सेवा सुविधा, शैक्षिक गुणस्तर तथा कलेजको भौतिक पूर्वाधारका साथै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थी, स्थानीयवासी तथा कलेजका संस्थापकसँग छलफल गर्ने गरेको कलेजका प्रबन्ध निर्देशक गणेश दुलाल बताउँछन् ।
सस्तोमा अध्ययन हुने
बेलायतमा ८० लाख खर्च गर्दा पाइने डिग्री इटहरी इन्टरनेशनल कलेजमा ६ लाख ७० हजार हाराहारीमा पाइन्छ । यसरी हेर्दा कलेजले धेरै कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको छ भनी सजिलै बुझ्न सकिने कलेजले जनाएको छ । कलेजमा अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधि, ट्युटोरिएल र वर्कशपमा पढाइ हुने कलेजले जनाएको छ ।
पहिलो भर्ना (अटम इन्टेक) र दोस्रो भर्ना (स्प्रिङ इनटेक) मार्फत् विद्यार्थीले कलेजमा भर्ना हुन पाउने बताइएको छ । कलेजमा अध्ययनरत विद्यार्थीले विभिन्न अवसरमा शैक्षिक भ्रमणमा विदेश जान पाउने कलेजले जनाएको छ । हालै मात्रै कलेजका १० जना विद्यार्थी युनिभर्सिटी अफ थाइ च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड गएका थिए । थाइल्याण्डमा १ हप्ता रहँदा उनीहरू विभिन्न शैक्षिक कार्यक्रममा सहभागी भएका थिए ।
थाइल्याण्ड विश्व अर्थतन्त्रमा उदाउँदै गरेको मुलुक भएकाले सो भ्रमणमा जाने विद्यार्थीहरूले जीवन उपयोगी सिप हासिल गरेको दुलालको दाबी छ ।
नेपालमै सम्भवत सुविधासम्पन्न तथा भव्य पूर्वाधारसहितको उक्त कलेजमा पढ्ने विद्यार्थीलाई पढाइ सकेपछि कलेजमै रोजगारी मेलाको आयोजना गरी आफ्नो क्षमता अनुसारको रोजगारी दिलाउन कलेजले नै भूमिका खेल्ने पनि कलेजले जनाएको छ । स्थापनाको एक वर्ष नपुग्दै कलेजमा विद्यार्थीको चाप बढ्न थालेको बताइएको छ । कलेजमा धरान, दमक, धनकुटासम्मका विद्यार्थीको रोजाइमा इटहरी इन्टरनेसनल कलेज पर्न थालेको छ ।
कलेजमा अध्ययन गराउने शिक्षक अन्तर्राष्ट्रिय शिक्षण विधिसँग परिचित तथा आफ्नो विषयमा दक्ष रहेको कलेजले जनाएको छ ।
व्यवस्थापक इनोभेट नेपाल गु्रपले इटहरी इन्टरनेसनल कलेजका साथै इस्लिंगटन कलेज, काठमाडौं, हेराल्ड कलेज काठमाडौं, मेरिल्याण्ड कलेज विराटनगर इन्फोम्र्याटिक्स कलेज पोखरा सञ्चालन गरिरहेको छ ।