इटहरीः  इटहरी उद्योग बाणिज्य संघको साधारण सभाको पुर्व सन्ध्यामा पार्किङ्ग प्रतिवन्धको मुद्घा तातिएको छ । 

व्यवस्थित पार्किङ नहुँदा व्यावसाय प्रभावित भएको भन्दै इटहरीका संगठित बस्तुगत व्यावसायीहरुले मंगलबार उपमहानगरका मेयर हेमकर्ण पौडेललाई भेटेका छन् । 

पार्किङ्गका लागि ठाउँ व्यवस्थापन गरिनु पर्ने लगायतका विषयमा इटहरीका व्यवसायीहरुले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका हुन । 

इटहरी होटल व्यावसायी संघका अध्यक्ष जिवन पराजुलीको नेतृत्वमा उपमहानगर पुगेको व्यावसायीहरुको टोलीले पार्किगको समस्याका कारण व्यावसायमा परेको प्रभावका बारेमा मेयरको ध्यानाकर्षण गराएका थिए । 

parcha (1)

उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किङ व्यवस्थित नभएका कारण पनि व्यवसाय सञ्चालन गर्न समस्या भईरहेका विषय लगायतका व्यवसायसंग सम्वन्धित विभिन्न विषयमा नगरप्रमुख पौडेलसंग छलफल गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका पर्यटन संयोजक जीवन पराजुलीले बताए  । 

उनले नगरप्रमुख पौडेलले पार्किङ व्यस्थापन गर्ने लगायतका उद्योगी व्यवसायीहरुले उठाएका सवालहरुका विषयमा उपमहानगरपालिका गम्भीर भएर समस्या समाधानको पक्षमा रहेको प्रतिक्रिया दिएको समेत वताएका छन् ।