इटहरीः कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा सामाजिक विषयबस्तु समेटिएको वेब सिरिज ‘मै राम्री’ आज साँझ ६.४५ बजबाट प्रसारण हुँदै छ । 

धुर्मुस सुन्तली युटुब च्यानलबाट प्रसारण सुरु हुन लागेको वेब सिरिज ‘मै राम्री’ कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा रहेको छ भने धुर्मुस अर्थात सिताराम कट्टेल भने निर्माण सल्लाहाकारको रुपमा रहेका छन् । 

महिला दिदि बहिनीको विषयबस्तु र कथा समेटिएर निर्माण गरिएको ‘मै राम्री’ हरेक विहिबार साँझ ६.४५ बजे धुर्मुस सुन्तली युटुब च्यानलबाट पसारण हुने निर्देशक कुन्जना घिमिरे(सुन्तली)ले जानकारी दिइन । 

सामाजिक बिषय वस्तुमा निर्माण गरिएको वेब सिरिज ‘मै राम्री’ को पहिलो प्रसारण आजबाट प्रसारण हुने भएको हो । सिरिजले नेपाली समाजमै देखिने बिषयवस्तुलाई जस्ताको तस्तै उठान गरिएको र बिशेषगरी बालबालिका र महिलाहरुमा  बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य उठान गर्ने बताइएको छ । 

324217829_931572054917300_6185144404468015159_n

‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य बिषय बनाएका छौं । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ ।’ निर्देशक घिमिरेले भनिन् । 

वेब सिरिज ‘मै राम्री’ को दुई साता अघिनै ट्रेलर सार्वजनिक भइसकेको  र टे«लरलाई दर्शकले मन पराइदिएको निर्देशक घिमिरेले बताएकी छन् । मित्र गुरुङले सम्पादन गरेको उक्त ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ भने बालकलाकारहरुमा  दिभान्शीं बैदवार र अभ्निशा महर्जनको पनि अभिनय रहेको छ ।

महिलाहरुलाई केन्द्र  विन्दु वनाएर पहिले देखिनै सिरिज बनाउने चाहाना रहेको र अहिले आएर सफल भएको कुन्जनाले बताएकी छन् । विगतका दिनमा दिएकै माया अव प्रसारण हुन लागेको सिरिजमा पनि दर्शकले गरिदिनेमा आफु आशावादी रहेको निर्देशक कुन्जनाको भनाई छ ।

322065194_3106159789676432_6867907414905913882_n