इटहरीः मंसिर ४ गते सम्पन्न निर्वाचनको ताजा मत परिणाम अनुसार प्रदेश एकको प्रदेश सभामा निर्वाचित हुने ५६ सिट मध्ये ३० जना सांसद टुङगो लागेका छन् भने बाँकींको मत परिणाम आउन बाँकी छ ।
हालसम्म प्राप्त नजिता अनुसार नेकपा एमालेका १२, नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २ र राप्रपाका १ जना संसाद निर्वाचित भइसकेका छन् । बाँकी स्थानमा मत गणना भइसकेको छ भने केही स्थानमा मत परिणाम आउने क्रममा छ ।
यी हुन हाल सम्मका निर्वाचित सांसद र तीनको विवरण
नेपाली काँग्रेस
१ झापा १(१)ः गोपाल तामाङ
२ झापा ३ (१)ः भूमिप्रसाद राजवंशी
३ मोरङ ५ (१)ः गयानन्द मण्डल गनगाईं
४ ओखलढुंगा १ः प्रदिपकुमार सुनुवार
५ उदयपुर २(२)ः रामकुमार खत्री
६ ताप्लेजुङ २ः खगेनसिंह हाङ्गाम
७ खोटाङ २ः भुपेन्द्र राई
८ मोरङ ५(२)ः अमृत अर्याल
९ मोरङ ३(१)ः मानबहादुर लिम्बू
१० भोजपुर (२)ः विनोद वान्तवा
नेकपा एमाले
१ सोलुखुम्बु २ः बुद्धिकुमार राजभण्डारी
२ मोरङ ४ (१)ः जयप्रकाश चौधरी
३ झापा २ (१)ः एकराज कार्की
४ झापा २(२)ः तिलचन पाठक
५ झापा ५(१) हिक्मतकुमार कार्की
६ झापा ५(२) होमबहादुर थापा
७ इलाम २(२) रामबहादुर मगर
८० ताप्लेजुङ १ः तिलकुमार मेन्याङ्बो
९० खोटाङ १ः पाँचकर्ण राई
१० झापा ३(२)ः छविलाल चुडाल
११ धनकुटा १ः निरन राई
१२ धनकुटा २ः इन्द्रमणि पराजुली
नेकपा (माओवादी केन्द्र)
१ ओखलढुंगा २ः बाबुराम गौतम
२ उदयपुर २ (१)ः नारायणबहादुर मगर
३ पाँचथर २ः इन्द्रबहादुर आङ्बो
४ सोलुखुम्बु १ः गोम्बु शेर्पा
५ मोरङ ६(१)ः जीवन आचार्य
६. तेह्रथुम प्रदेशसभा २ बाट दुर्गाप्रसाद चापागाई
७.संखुवासभा प्रदेश १ बाट राजेन्द्रकुमार कार्की
१ भोजपुर १ः राजेन्द्रकुमार राई
२ पाँचथर १ः कमल जबेगु
राप्रपा
१ झापा १(२)ः सविना बजगाईं