इटहरीः जारी मत गणनामा चितवन क्षेत्र नम्बर १ र २ को ताजा मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो फराकिलो अग्रता बनाएको छ । 

ताजा मतपरिणाम अनुसार चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले १९ हजार मतको अग्रता लिएका छन् । 

घण्टी चुनाव चिन्हबाट अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन र नेकपा एमालेलाई फराकिलो मतले पछि पारेको छ । रवि लामिछानेले ३० हजार ४६७ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका विष्णुभक्त पोखरेलले ११ हजार ७२१ र नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ११ हजार ७१३ मत पाएका छन् ।

यस्तै गरी प्रतिनिधि सभा सदस्य तर्फकै चितवन क्षेत्र नम्बर १ को ताजा मत परिणाममा पनि रास्वपा अगाडी देखिएको छ । रास्वपाका हरि ढकालले २४ हजार ९४९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता एंव पुर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेले १७ हजार ७५३ मत ल्याएका छन् भने गठबन्धनका उम्मेद्वार नेपाली काग्रेसका विश्वनाथ पौड्यालको मत १७ हजार १ सय छ । मत गणना कार्य जारी छ ।