चितवनः चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिव १८ हजारको अग्रता लिएका छन् ।

अहिलेसम्मको गणनाअुनसार लामिछानेले २८ हजार ८९९ मत पाएका छन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ११ हजार १८३ मत पाएका छन् ।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ११ हजार २१ मत पाएका छन् । हालसम्म रविले पाएको मतभन्दा उमेशले पाएको मत १७ हजार ७१६ धेरै हो भने पोख्रेलले पाएको मतभन्दा १७ हजार ८७८ धेरै हो ।