इटहरीः गुल्मीबाट प्रतिनिधी सभा सदस्यको चुनाव लडेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पराजीत भएकी छन् । 

नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित भएकी झाँक्रीले यो निर्वाचन आफ्नो लागि अत्यन्तै रोमान्चक रहेको प्रतिक्रिया दिएकी छन् । 

‘ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। ’ झाँक्रीले भनेकी छन् । 

साँडे दुई दशकमा समाजलाई गलत प्रयोग भन्दै झाँक्रीले  त्यो चाही लोकतन्त्रको लागि गम्भिर भएको तर्क सार्वजनिक गरेकी छन् ।  

जय र पराजय सामान्य प्रक्रिया भएको भन्दै आफुले हारलाई अत्यन्तै सहज रूपमा लिएको बताएकी छन् । आफ्नो  पक्षमो आफ्नो अभिमत दिने मतदातालाई धन्यवाद दिँदै झाँक्रीले विजेता नेकपा एमालेका नेता गोकर्ण विष्टलाई बद्याई दिएकी छन् ।  निकै चर्को प्रतिस्पर्धाका बिच नेकपा एमालेका गोकर्ण विष्टले झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले जित हासिल गरेका छन् ।  

नेकपा एमालेका सचिव समेत रहेका विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४ सय ४२ मत ल्याएकी थिइन । गोकर्ण विष्टको यो प्रतिनिधी सभाको लागि तेस्रो जित हो ।