इटहरीः मङ्सिर ४ गते आइबार सम्पन्न  प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौमा दुई  जना बहालवाला मन्त्री पराजित भएका छन् । 

 संस्कृती पर्यटन तथा उद्योग मन्त्री जीवनराम श्रेष्ठ र ऊर्जामन्त्री पम्फा भुसाल काठमाण्डौबाट पराजित भएका हुन । 

पर्यटन मन्त्री जिवन राम मन्त्री श्रेष्ठ काठमाडौँ–८ बाट नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार रहेका थिए । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ सो क्षेत्रमा तेस्रो स्थानमा सीमित बनेका छन्  यसैगरी उर्जामन्त्री पम्फा भुसाल ललितपुर–३ मा पराजित भएकी छन्  ।

 ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले भुषाललाई हराएकी हुन । ललितपुर ३ मा नेकपा एमालेका अमृत खड्का दोस्रो स्थानमा रहेका थिए ।