इटहरीः चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन् ।  

ताजा मत परिणाम अनुसार रवि लामिछानेले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण भक्त पोखरेल भन्दा ७ हजार भन्दा बढि मतले अगाडि देखिएका छन् । 

rabi lamichane

बुधबार विहानको मत परिणाम अनुसार रवि लामिछानेले १३ हजार ६४१ मत पाएका छन् भने नेकपा एमालेका कृष्ण भक्त पोखरेलले ६ हजार २४९ मत पाएका छन् । यता नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमै छन् । श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् । मतगणना कार्य जारी छ ।