इटहरीः छोटो समय दल दर्ता गरि आम निर्वाचनमा होमिएको  रास्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)ले प्रतिनिधिसभा निर्वाचनमा चार स्थानमा विजय प्राप्त गरेको छ । 

सो पार्टीले काठमाडौंको ३ वटा र ललितपुरको १ निर्वाचन क्षेत्रबाट विजय प्राप्त गरेको हो । 

प्छिल्लो ताजा मतपरिणाम अनुसार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २, ७ र ८ र ललितपुरको ३ बाट सो पार्टीका उम्मेदवारले मुख्य राजनितिकदलका उम्मेदवारलाई पराजित गरि विजय प्राप्त गरेका हुन् । 

काठमाडौ क्षेत्र  न २ बाट सोबिता गौतम , काठमाडौ क्षेत्र न ७ बाटगणेश पराजुली, काठमाडौ क्षेत्र न ८ बाट बिराज भक्त श्रेष्ठ   र ललितपुर क्षेत्र न ३ डा.तोसिमा कार्की  विजय भएका छन् ।