काठमाडौंः एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौं ५ बाट पराजित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनलाई पराजित गरेका हुन् । युवा नेता पौडेल निर्वाचित भएका छन् ।  

उनले  एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गरेका हुन् ।

गत आइतबार सम्पन्न मतदानमा काठमाडौं ५ मा ४५ हजार ९८७ मत खसेको थियो  । जसमध्ये पौडेलले १५ हजार २३७ मत  पाएर विजयी भए ।  पोखरेलले १० हजार १७२ मत  मात्र पाए ।  निर्वाचन आयोगले औपचारिक रुपमा भने घोषणा गर्न बाँकी  भने बाँकी रहेको जनाएको छ । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई यहि क्षेत्रबाट पराजित गरेका थिए ।   २३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए ।