इटहरीः ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की दुई हजार मतको फराकिलो अन्तरले अगाडि बढेकी छन् । 

ताजा मत परिणाम अनुसार कार्कीले ८ हजार ७७१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ७७७ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषाल छिन् । भुषालले ४ हजार २५४ मत प्राप्त गरेकी छन् ।