इटहरीः आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गणना भइरहँदा प्रद्यानमन्त्री शेरबहादुर देउवा सहित छ मन्त्री मतको हिसावले अगाडी देखिएका छन् भने बाँकी पछाडी परेका छन् । 

नेकपा एमाले विरुद्ध गठबन्धन गरेर अघि बढेको शेर बहादुर देउवा  नेतृत्वको १९ सदस्यीय मन्त्रिपरिषद्का धेरै मन्त्री प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा पछाडि परेका हुन  । डडेल्धुराबाट उम्मेदवार रहेका प्रधानमन्त्री देउवा सुरक्षित देखिएका छन् । उनका निकटतम प्रतिद्धन्दिमा सागर ढकाल देखिएका छन् ।  उनि स्वतन्त्र उम्मेदवार हुन । 

डडेल्धुराबाट प्रतिस्पर्धा गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकटतम प्रतिस्पर्धी सागर ढकालको तुलनामा करिब दोब्बर मत ल्याएका छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ६ हजार ८८० मत ल्याउँदा ढकालले ३ हजार ६६६ मत मात्रै ल्याएका छन् । यसैगरी परराष्ट्रमन्त्री नारायण खड्का झिनो मतले अगाडि देखिएका छन् । 

उदयपुर–१ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका  खड्का झिनो मतान्तरले अगाडि छन् । उनले २ हजार ५३४ मत ल्याउँदा एमालेकी मञ्जुकुमारी चौधरीले २ हजार २९० मत पाएकी छन् ।

संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की झिनो मतले अगाडी छन् ।

उद्योगमन्त्री दिलेन्द्र बडु तीन सय मतले अगाडि देखिएका छन् । दार्जुलाका उम्मेदवार बडुको एमालेका गणेशसिहं ठगुन्नासँग प्रतिस्पर्धा छ । 

बडुले २ हजार ६८४ मत ल्याउँदा ठगुन्नाले २ हजार ३३८ मत पाएका छन् । यता शिक्षामन्त्री देवेन्द्र पौडेल एक हजार मतले अगाडि देखिएका छन् ।   बागलुङ–२ बाट प्रतिस्पर्धा गरिरहेका मन्त्री पौडेल एमालेकी मञ्जु शर्माभन्दा करिब एक हजार मतले अगाडि छन् । पौडेलले अहिलेसम्म ४ हजार ८३९ मत पाएकोमा शर्माले ३ हजार ९१८ मत पाएकी छन् ।

 गृहमन्त्री बालकृष्ण खाँण पछाडी परेका छन् । खाँण रुपन्देही–३ मा राप्रपा उम्मेदवार दीपक बोहराभन्दा पछाडि परेका हुन  । बोहराले ४ हजार १७० मत ल्याउँदा उनले ३ हजार ९१९ मत पाएका छन् । ऊर्जामन्त्री पम्फा भुसाल तेस्रो स्थानमा देखिएका छन् । ललितपुर–३ बाट माओवादी केन्द्रकी उम्मेदवार मन्त्री भुसाल तेस्रो स्थानमा छिन् । 

ललितपुर तीनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता लिएकी छन् । भुषालले २ हजार ५४१ मत ल्याउँदा पहिलो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ५ हजार ८२७ मत ल्याएकी छन् । नेकपा एमालेका अमृत खड्का ४ हजार ४३३ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै सहरी विकासमन्त्री मेटमणि चौधरी अगाडि देखिएका छन् । दाङ–१ मा एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् । मेटमणिले २ हजार ३६ मत पाउँदा शान्ताले १ हजार ३०१ मत ल्याएकी छन । खानेपानी मन्त्री  उमाकान्त चौधरीको अवस्था नाजुक देखिएको छ । चौधरी बारा–१ बाट कांग्रेस उम्मेदवार हुन ।त्यहाँ एमाले उम्मेदवार  अच्युतप्रसाद मैनालीले ६ हजार ६६१ मत पाउँदा चौधरीले ४ हजार ९३९ मत मात्रै पाएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज दोस्रो स्थानमा देखिएका छन् । बाँके–१ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज लाई  एमालेका सूर्यप्रसाद ढकालले ४ हजार ११६ मतसहित अग्रता लिइरहेका छन् । मन्त्री गहतराजको ३ हजार १५४ मत छ । यता पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो स्थानमा छन् । काठमाडौं–८ बाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले नेकपा एमालेका शिवसुन्दर राजवैद्यसँग प्रतिस्पर्धा चलिरहेको छ ।  दोस्रो स्थानमा रहेका सुमन सायमीले उनले भन्दा २ हजार २०० मतले नेतृत्व गरेर ४ हजार ६१३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६ हजार १०९ मतका साथ पहिलो स्थानमा छन् । श्रेष्ठको २ हजार ४०१ मत मात्रै छ ।

श्रममन्त्री शेरबहादुर कुँवर झिनो मतले अगाडि छन् ।  अछाम–१ मा एमालेका झपटबहादुर बोहरासँग प्रतिस्पर्धामा पहिलो स्थानमा छन् । कुँवरले १ हजार ९३१ मत ल्याउँदा बोहराले १ हजार ४५० मत ल्याएका छन् । यस्तै सरकारका एकमात्र राज्य मन्त्री उमेश श्रेष्ठ पनि पछाडी छन् । 

चितवन–२ बाट उमेश श्रेष्ठको प्रतिस्पर्धा रवी लामिछानेसँग परेको छ । उनले रवीलाई करिव २ सय भोटले अग्रतामा लिएका छन् ।  पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मत ल्याएका छन् । श्रेष्ठले ३ हजार २१६ मत ल्याएका छन् भने लामिछानेको २ हजार ९७८ मत छ ।

अर्थमन्त्री जनार्दन शर्माको मतगणना मंगलबार मात्र सुरु भएको छ । यहाँको मत परिणाम सार्वजनिक भएको छैन ।