इटहरीः चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को ताजा मतपरिणाम अनुसार चर्चित पूर्वसञ्चारकर्मी एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

छोटो समयको तयारी पछि निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीको  उपस्थिति पछि  सर्वाधिक चासोको रूपमा हेरिएको चितवन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिकाको मतगणना कार्य सकिँदा सम्म नेकपा एमालेका कृष्णभक्त पोखरेल अग्रस्थानमा देखिएका छन् । 

१० हजार ४६८ मत गणना हुँदा पोखरेलले तीन हजार ६२३ मत ल्याएर पहिलो स्थानमा छन् भने उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याइरहेका छन्। श्रेष्ठले तीन हजार २१६ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई हजार ९७८ मत पाएका छन् ।