काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डौ क्षेत्र नम्बर ४ बाट तेस्रो पटक जित निकालेका छन् । अघिल्लो २०७४ सालको प्रतिनिधि सभामा समेत सोही क्षेत्रबाट जित निकालेका नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जित हासिल गरेका हुन । 

थापाले अघिल्लो निर्वाचनमा पनि  भट्टराईलाई नै हराएका थिए । आइतबार सम्पन्न निर्वाचनमा भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका छन्  ।  गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा ३२ सय मतले जित निकालेका थापाले यसपाली भने भारी मतान्तरले जित निकालेका छन् । 

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।