इटहरीः चासोका साथ हेरिएको डडेल्धुराको मतगणनामा स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पछ्याइरहेका छन् । 

प्रद्यानमन्त्री देउवाको  गृहजिल्ला समेत रहेको डडेल्धुरामा हालसम्म १३ हजार ८८० मतगणना भएको छ । जसमा देउवाले ६ हजार ८० मत पाएका छन् भने सागर ढकालले ३ हजार ६६६ मत ल्याएको छन् । यता तेस्रो स्थानमा यस्तै, नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्ल १९३२ मतसहित पछ्याइरहेका छन् ।