काठमाडौंः  काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राखेका छन्  ।

१६ हजार ५४७ मत गणना हुँदा श्रेष्ठले ५ हजार २८६ मत सहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ४ हजार २५४ मत पाएका छन् । नेकपा एमालेका शिव सुन्दर राज वैद्यले २ हजार ११० ल्याएका छन्  ।