काठमाडौंः काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र झिनो मत अन्तरले पराजित भएका छन् । सो क्षेत्रबाट पुनः  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका छन । उनि यो क्षेत्रबाट चौथो पटक निर्वाचित भएका हुन् । 

सांसद बन्न सिंहले  मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।