काठमाडौंः नेकपा एमालले  ललितपुर २ बाट खाता खोलेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका  नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । 

केही बेरअघि  सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी नै छ  ।

एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन्  भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत मात्र पाएका छन् ।