काठमाडौंः  काठमाण्डौ क्षेत्र नम्बर १ मा ९ हजार मत गणना हुँदा रविन्द्र मिश्रले अग्रता लिएका छन् । उनले ९ हजार २ सय २४ मत गणना हुँदा सम्म नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई ११५ मतले पछि पार्दै अग्रता लिएका हुन् । 

यो क्षेत्रमा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र अगाडि छन् ।  मिश्रले २४१७ मत ल्याएका छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह पछि परेका छन् । 

हालसम्म सिंहले २३०२ मत ल्याएका छन् भने  नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १४४० मत ल्याएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत ल्याएका छन् । नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले १०३५ मत ल्याएका छन् ।