इटहरीः सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि आइतबार भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई झण्डै तेव्वर अंकले जित्दै आफ्नो अग्रता कायम गरेका छन्  । 

सोमबार दिउँसो २ बजेको मतपरिणाम अनुसार सिके राउतले १ हजार ६ सय ३४ मत प्रापत गर्दा उपेन्द्र यादवले जम्मा ६७० मत ल्याएका छन् भने साइकल चुनाव चिन्हबाट चुनावी प्रतिस्र्धामा उत्रिएका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएका छन् ।