इटहरीः  सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई दोव्वर मतले पछाडी पार्दै सीके राउतले आफ्नो अग्रता कायम राखेका छन् ।  

निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको हो 

जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा अगाडि आएका हुन । 

सोमबार दिउँसो १ बजेसम्मको मत परिणाम अनुसार  राउतले १ हजार मत कटाएका छन् । एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ४५२ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।

सप्तरी–२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।