काठमाडौंः काठमाण्डौ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता गगन थापाले शुरुवाती अग्रता लिएका छन्  । 

थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई ३५ मतले पछि पारेका छन् । 

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को मत गणना सकिँदा गगनले ६ सय ६८ र एमालेका राजन भट्टराईले ६ सय ३३ मत पाएका छन् ।

थापाले २०७० र २०७४ सालको चुनावमा यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।