काठमाडौंः काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका उम्मेदवार अगाडि देखिएका छन् । 

पछिल्लो ताजा मत परिणाम अनुसार २४५९ मत गन्दा सो पार्टीका तर्फबाट घण्टी चुनाव चिन्हमा उम्मेदवारी दिएका गणेश पराजुलीले ६१५ मत प्राप्त गरेका छन् । 

उनलाई एमालेका श्यामकुमार घिमिरेले पछ्याईरहेका छन् । घिमिरेले ५०९ मत ल्याएका छन् । गठबन्धनकी साँझा उम्मेदवार मानुषी यमि भट्टराईले ४५५ मत प्राप्त गरेकी छन् । सो निर्वाचन क्षेत्रको मतगणना केही बेरका लागि स्थगीत गरिएको छ ।