इटहरीः सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फको ताजा मत परिणाम अनुसार जनमत पार्टीका राष्ट्रिय पार्टीका अध्यक्ष सीके राउत फराकिलो मतले अगाडि छन् ।

मतगणनामा सहभागी कर्मचारीका अनुसार हालसम्म ९ सय २३ मतगणना हुँदा राउतले ६ सय २९ मत ल्याएका छन् । 

 दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन् ।  सो निर्वाचन क्षेत्रबाट  २०७४ को आम निर्वाचनमा उपेन्द्र यादव विजयी भएका थिए ।  सो निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।