काठमाडौंः काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को पछिल्लो ताजा मत परिणाम अनुसार १५४३ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा तर्फका उम्मेदवार गणेश पराजुली  ३७५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको ३०६ प्राप्त गरेका छन् । गठबन्धन उम्मेदवार मानुषी यमीको २९३ मत प्राप्त गरि तेस्रो स्थानमा छिन् । 

त्यसैगरि सोही निर्वाचन क्षेत्रबाट लौरोले ८१, जारले १४२, घण्टाघरले ४१ र खुकुरीले ३२  मत प्राप्त गरेका छन् । सो क्षेत्रमा मतगणना जारी नै रहेको छ ।