भरतपुरः  चितवन २ मा मतगणना बिहानबाट सुरु भएको छ ।  सोमबार बिहानको प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अगाडि देखिएका छन् ।  

निर्वाचन आयोगका अनुसार लामिछानेले १०२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन्  । मतगणना जारी छ ।