काठमाडौंः  नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । मङ्सिर २ गते शुक्रबार, ३ गते शनिबार, ४ गते मतदानको दिन र ५ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।