सिद्धार्थनगरः  नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी २ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताएकी छन् ।  उनले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाइन् । 

बुटवलमा  लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको परिचय तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले आफूले बेइमानीपूर्ण मुद्दा बोकेर नहिँडेको स्पष्ट पारिन्

उनले आफ्ना प्रतिस्पर्धी गोकर्ण विष्टले जिल्लामा झुटको राजनीति गरेको भन्दै अब जनताका अघि झुट नबिक्ने दाबी गरिन् । 

Artboard 1 copy 2


उनले भनिन्, ‘‘हाम्रो जिल्ला निकै पछाडि परेको छ, राम्रोसँग फोन पनि लाग्दैन, मोबाइल चार्ज हुँदैन, शिक्षा, स्वास्थ्य, रोजगारी त कता हो कता, विकासमा चमत्कार भयो भनेर प्रचार गर्नेले अहिलेसम्म झुटको राजनीति गरे। अब यसरी चल्दैन।’’  सो अवसरमा बोल्दै गुल्मी २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार कांग्रेस नेता भुवनप्रसाद श्रेष्ठले अहिलेको निर्वाचन प्रतिगमन र अग्रममनको लडाइँ भएको बताए । 

गुल्मी २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी नेता बुद्धी जिसीले गठबन्धनले विजयी हासिल गरेरै छाड्ने दाबी गरे ।  गुल्मी २ मा प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट साँझ उम्मेदवार झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग प्रतिस्पर्धामा छन् ।