काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले काठमाडौ क्षेत्र न ४ मा चुनावी तयारी थालेको छ । 

शनिबार काठमाडौं क्षेत्र ४( ख )को कपनमा प्रशिक्षण आयोजना गर्दै काठमाडौ बाग्मती प्रदेश सांसद माननीय कुसुमकुमार कार्कीले एकीकृत समाजवादीले चुनावी तयारी सुरु गरेको जानकारी दिए ।

आसन्न निर्वाचनमा नेकपा पार्टीलाई जिताउन विभिन्न चुनावी कमिटीहरु बनाइएको उनले बताए  । जसअन्तर्गत प्रचारप्रसार प्रमुखमा अशोकराज पाण्डे, आर्थिक व्यबस्थापन शान्तिराम ढुंगाना, मिडिया परिचालन आशिष गुराँगाई, युवा परिचालन अजय सुब्बा, महिला परिचालन प्रमिला सापकोटाको संयोजकत्वमा बनाइएको उनले जानकारी दिए ।कार्यालय व्यवस्थापन, योजना अनुगमन, सुकुम्बासी क्षेत्र परिचालन, मुल्याँकन तथा निर्देशनलगायत ३३ वटा निर्वाचन केन्द्रित कमिटीहरु बनाइएको छ ।

कार्यक्रममा बोल्दै नेता कार्कीले  पैसाको बलमा नभएर समाजका हरेक क्षेत्रका व्यक्तिहरुलाई परीचालित गरेर, स्थानीय मुद्दाहरु बोक्दै विचारद्वारा चुनावमा विजय हासिल गर्ने कुरा  बताए । 

आगामी निर्वाचन आफ्नो पार्टीले न्यून खर्चमा लड्ने र जनताले खर्चिलो उम्मेदवार बहिस्कार गर्नेकुरामा आफू ढुक्क रहेको पनि नेता कार्कीले बताए ।