इटहरीः हिजो साँझ एक विज्ञप्तिमार्फत निर्वाचन आयोगले आफ्नो अनुमति नलिएर कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

 आयोगले बिहीबार(हिजो)देखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।

आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।

308161259_458774062869865_6278003491633288332_n

यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचन सम्बन्धी कानूनी व्यवस्था बमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि मिति २०७९।०६।०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन विज्ञप्तिमा उल्लेख गरेको छ । 

आयोगले जारी गरेको विज्ञप्तिमार्फत मिति २०७९ ०६ ०५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिई मिति २०७९०६।०९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरू लगायत सबै सार्वजनिक निकायहरूलाई आयोगले निर्देशन दिएको छ ।