काभ्रेः नेकपा ( एकीकृत समाजवादी ) पोलिटब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले के पी ओलीलाई असोज ३ गते संविधान दिवस नमनाउन आग्रह गरेका छन् ।
पेशागत महासङ्घ नेपाल काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले ओली संविधानको हत्यारा भएकाले संविधान दिवस मनाउनुको कुनै अर्थ नभएको बताएका हुन् ्। उनले ओली गणतन्त्रका हत्यारा भएको आरोप लगाउँदै ओलीले संविधानको धज्जी उडाईरहेका छन । उनी राम , पशुपतिको शरणमा पुगेर आत्मसमर्पण गरिसकेका छन् ।
राम मन्दिर बनाउने, पशुपतिमा जलप लगाउने कार्य गर्नाले पनि उनी मोदीको बाटोमा हिँडेको स्पष्ट देखियो । मोदी गणतन्त्र वादी त होइनन् विश्वलाई थाहा छ । फेरि ओलीले चुनावको मुखमा संघीयता विरोधी प्रोपोगण्डा पनि मच्चाउन थालेका छन । त्यसैले गठबन्धनले ओलीसँग सजग हुन समेत सचेत गराएका छन् ।




















