काठमाडौँः आज बसेको संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकले राष्ट्र्रियसभाबाट संशोधनसहित फिर्ता आएका तीन वटा विधेयक स्वीकृत भएको छ ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ । त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।