काठमाडौँः मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्र्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले बताए ।

संसदको कार्यकाल कहिलेसम्म रहने भन्ने विवादका बीच सरकारले संसद अधिवेशन नै अन्त्य गर्ने प्रकृया अगाडि बढाएको हो ।

मंसिर ४ गतेका लागि निर्धारित प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनकै लागि असोज २ र ३ गते समानुपातिक प्रणाली तर्फका उम्मेदवारको बन्दसूची पेस गर्न दलहरुलाई निर्देशन दिएको छ । यसै निर्देशनका आधारमा दलहरु बन्दसूचीलाई अन्तिम रुप दिने कसरतमा लागेका छन् ।