काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ भन्ने बोर्ड राखेर व्यवहारमा भने भ्रष्टाचारबाहेक केही पनि नगरेको आरोप लगाएका छन् । 

बिहीबाार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन् ।

“हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ– म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ,” प्रचण्डले भने, “प्राणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् ।”

भ्रष्टाचार बढ्नुमा व्यक्ति मात्र जिम्मेवार छ कि प्रणाली नै भ्रष्टाचारको कारक हो भन्ने यकिन गर्न अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो । उनले भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याई विधिको शासनको प्रवद्र्धन गर्न आवश्यक रहेको पनि बताए ।