काठमाडौँः मानव अधिकारका गम्भीर उल्लंघनका घटनाका द्वन्द्वकालीन मुद्दाबारे  विशेष अदालतको फैसला चित्त नबुझे पुनरावेदन दिन पाउनु पर्ने पीडितका माग सम्बोधनका लागि माओवादी केन्द्र तयार भएको छ ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनरावेदनको व्यवस्था राख्नका निम्ति सहमति जनाएका हुन् । पीडितहरूले, सडकमा पनि आवाज उठाएको र मानवअधिकार आयोगले पनि ध्यानाकर्षण गराएको हुनाले विधेयकमार्फत्  सम्बोधन गर्नुपर्ने प्रचण्डले समितिमा बताए ।