तेह्रथुमः सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारसँग बेपत्ता छानबिन आयोगले हिजो छलफल गरेको छ ।

जिल्लाका पीडित र सरोकारवालासँग आयोगले छलफल गरेको हो । अनुसन्धानको काम पनि अन्त्यतिर पुगेको आयोगको भनाइ छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका भनी ती व्यक्तिका परिवारले उजुरी गरेका छन् । तीमध्ये १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले जानकारी दिए ।