काठमाडौँः युवा संघ नेपालको महाकाली मेची राष्ट्रिय जागरण अभियान आज कोहलपुर हुँदै सुर्खेत बाँके लमही दाङमा गएर अभियानको सभा टुंगिनेछ ।
आज बिहान ११ बजे सुब्बा कुना देखि मंगलगढी चोक सम्म बाइक र्यालीको कार्यक्रम तय गरिएको उक्त र्यालीलाई मंगलगढी चोकमा कोण सभामा परिणत गर्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा तथा प्रवक्ता सन्जिप राईले बताए ।
कार्यक्रमअनुसार ११ बजे सुर्खेतमा सभा, ४ बजे कोहलपुरमा कोणसभा ६ बजे लमहीमा पर्चा वितरण र कोण सभा हुने बताइएको छ । टोलीको नेतृत्व संघका अध्यक्ष नरेश शाहीले गरेका छन् । टोलीमा मोर्चा प्रमुख, इन्चार्ज र केन्द्रीय अभियान टोली सुर्खेत प्रस्थान गरिृरहेकोछ । अभियान टोलीमा जम्मा ५१ जना रहेका छन् ।
सुब्बा कुनादेखि मंगलगढी चोकसम्म मोटरसाइकल र्यालीको कार्यक्रम तय गरी उक्त र्यालीलाई मंगलगढी चोकमा कोणसभामा परिणत गर्ने कार्यक्रम रहेको बताइृएको छ । जागरण अभियान भदौ १५ देखि २३ सम्म महाकाली मेची जागरण अभियानको रुपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।




















