-गोविन्दराज ओझा (राजन)

तिम्रो बारेमा गीत गाउँछु सबैले सुन्नेगरी

माया गर्ने मान्छेले माया चिन्नेगरी


जिन्दगी यो रमाइरमाई बितोस् यहाँ

सत्य मायाको पहिचान होस् यहाँ

हामी दुईको मिलनको यो क्षणमा

मैले चिने तिम्रो दिल भित्रको माया 


सजाएको छु मैले तिमीलाई यो दिलभित्र

सोच्ने गर्छु मैले तिमी बस्छौ मेरो मनभित्र  

मन  त डुलिरहन्छ, तिमीलाई सम्झिरहन्छ

आफ्नो मन बसमा कहाँ हुँदोरहेछ


तिम्रै बारेमा सोचेर म घुमिरहन्छु

तिमीलाई हेरेर यो मनलाई भुलाउँछु

मेरो हरपलको  सम्झनामा तिमी नै देखिन्छौ

मेरो दिलमा तिमीलाई सजाई सकेको छु


खोजी हेर्दा मेरो मनमा तिमी नै भेटिन्छौ

यो मनमा बसेकी तिमी नै छौ 

तिमी मेरो दिलकी रानी, म तिम्रो राजा

जिन्दगीको साथी तिमी हर सुखदुःखमा


तिमी दुःखी भएको कहाँ देख्न सक्छु मैले

नियालेर हेर प्रिय मेरा आँखामा तिमीले

तिम्रो बारेमा गीत गाउँछु सबैले सुन्नेगरी

माया गर्ने मान्छेले माया चिन्नेगरी