इटहरी: इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका जग्गाको भूमि कर प्रतिधुर २ रुपैयाँदेखि २० रुपैयाँसम्म कायम गरेको छ ।

उपमहानगरपालिकाको नगरसभाले पारित गरेको नयाँ भूमि करअनुसार इटहरीका २० वटै वडाका विभिन्न स्थानको भूमि करको दर फरकफरक पारित भएको छ । मालपोत ऐन २०७५ को संशोधित करको दरअनुसार इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ को कोसी राजमार्गलाई छोएका जग्गाहरु तथा आँपगाछि बजार छेउका जग्गाहरुको भूमि कर धुरको पन्ध्र रुपैयाँ कायम भएको छ भने बाँकी सम्पूर्ण जग्गाहरुको, मुख्य सडक, सहायक सडकले छुने जग्गाहरु बोट र वरिपरिका प्लटिङ भएका जग्गा र कराइबना हुँदै लविपुर जाने सडक छेउका जग्गाको भूमि कर धुरको ४ रुपैयाँ कायम गरिएको छ । यसैगरी, इटहरी वडा नम्बर १ को बाटोले नछुने जग्गाको भूमि कर भने प्रतिधुर ३ रुपैयाँ मात्र तोकिएको छ ।

यसैगरी, वडा नम्बर २ को कोसी राजमार्गको सिमानादेखि उत्तर कृषि फार्मसम्म कोसी राजमार्गमा छुने जग्गाको भूमि कर धुरको १५ रुपैयाँ छ भने इटहरी नक्सा नम्बर २ का बाटोले छोएका जग्गाको कर धुरको ४ रुपैयाँ तोकिएको छ । इटहरी नक्सा नम्बर २ का बाटोले नछोएका जग्गाहरु आँपगाछिभन्दा पूर्व हवाई चोक, हलगडा चोक, पशुपति चोक सम्मको शाखा पिच बाटो, तरहरा पेट्रोल पम्पको पूर्व दंगाल टोलसम्मको, कचना स्कुलदेखि हवाई चोक सम्मको शाखा बाटोका जग्गाहरुको भूमि कर धुरको ४ रुपैयाँ छ भने इटहरी उपमहानगरपालिका वडा नम्बर २ का व्यापारिक तथा आवासीय क्षेत्रमा नपरेका तर बाटोले छोएका जग्गाहरुको भूमि कर धुरको ४ रुपैँया नै कायम छ । यता वडा नम्बर २ को व्यापारिक तथा आवासीय क्षेत्रमा नपरेका जग्गाको भूमि कर भने धुरको ३ रुपैयाँ मात्र कायम गरिएको छ ।

यसैगरी, इटहरी वडा नम्बर ३ को पानबारी सडक, वडा नम्बर ४ र ३ को सिमानाबाट उत्तर पुराण चोकसम्मको बाटोको दुवै तर्फको बाटोलाई छुने जग्गाहरुको भूमि कर धुरको ५ रुपैँया छ भने टेङ्ग्रा खोला उत्तर कञ्चनजङ्घा फुड प्रोडक्टस प्रालि, युकी चाउचाउ अगाडिबाट उत्तर श्रीजङ्गाा मार्गको दुवै तर्फको बाटोलाई छुने जग्गाको भूमि कर धुरको ४ रुपैयाँ छ । यस वडाको बाटोले नछोएका जग्गाको भूमि कर धुरको ३ रुपैयाँ छ । यता, वडा नम्बर ४ को महेन्द्र राजमार्गको टेङ्ग्रा पुलदेखि मिलन चोक र महेन्द्र राजमार्गलाई छोएका जग्गाहरु र सो क्षेत्रमा मिनी मार्केट अन्तर्गतका जग्गाहरुको भूमि कर धुरको १५ रुपैयाँ छ भने महेन्द्र राजमार्गको मिलन चोकदेखि नारायण गोपाल मार्ग चोकसम्म महेन्द्र राजमार्गलाई छोएका जग्गाहरु तथा कोसी राजमार्ग आइतबारे मोडदेखि उत्तर उद्योग वाणिज्य संघको कार्यालय प्रवेश मोडसम्म सोही मार्गमा छोएका दुवै तर्फका जग्गाहरुको भूमि कर १२ रुपैयाँ प्रतिधुर कायम छ । त्यसैगरी, इटहरीको संगीत चोकबाट उत्तर चौधरी टोल हुँदै मोतिदेवि मार्गसम्म चतुरलाल मार्गलाई छुने जग्गा तथा चतुरलाल मार्ग दक्षिण मोतिदेवी मार्गले घेरेका जग्गाका साथै मोति मार्ग, टेङ्ग्रा पुल उत्तर, चौधरी टोल चोकसम्म सडकको दुवै तर्फका जग्गा र जुट विकास चोक उत्तर इटहरी पानृबारी सडकको भेटघाट चोकसम्मको बाटोको दुवै तर्फका जग्गाको भुमिकर धुरको १० रुपैँया कायम गरिएको छ ।

यस्तै कोसी राजमार्ग उद्योग वाणिज्य संघ कार्यालय प्रवेश मोडदेखि उत्तर २ र ४ नम्बर वडाको सिमानाृसम्म कोसी राजमार्गलाई छोएका जग्गाको भूमि कर धुरको १५ रुपैयाँ, मोतिदेवी मार्ग चौधरी टोल चोकदेखि उत्तर वडा नम्बर २ र ४ को सिमाना सम्म सडकको दुवै तर्फका सडक छुने जग्गा साथै कोसी राजमार्ग पश्चिम आइतबारेमा भित्री बाटोले छोएका सबै जग्गाहरुका र उत्तर मनोकामना चोक कलभर्ट सम्मका बाटोलाई छोएका दुवै तर्फका जग्गाको भूमि कर धुरको ७ रुपँैया छ । वडा नम्बर ४ को मुख्य व्यापारिक र प्रमुख आवासीय क्षेत्रमा नपरेका जग्गाको कर भने धुरको ५ रुपैयाँ छ । इटहरी वडा नम्बर ५ को खेतिखोला पश्चिमलाइन राजश्व ढाटसम्म महेन्द्र राजमार्गले छुने जग्गाका साथै इटहरी ४ र ५ को सिमाना उत्तर वडा नम्बर २ को सिमाना कोसी राजमार्गले छुने जग्गाको भूमि कर धुरको १५ रुपैयाँ छ । साथै राजश्व ढाटदेखि पश्चिमलाइन बालग्राम चोकसम्म महेन्द्र राजमार्गले छुने जग्गाको कर धुरको १२ रुपैयाँ र राजश्व ढाटको उत्तर हलगडा चोक, पचरुखी चोकदेखि दक्षिण गढिघाट चोक जाने बाटोले छोएका जग्गाको भूमि कर १० रुपैयाँ प्रतिधुर कायम छ । तर वडा नम्बर ५ को बाटोले नछोएका जग्गाको भूमि कर भने ३ रुपैयाँ छ ।

यता वडा नम्बर ६ महेन्द्र राजमार्गले छोएको आइतबारे रोड प्रवेशदेखि टेङ्ग्रा खोला सम्मको जग्गा तथा यस क्षेत्रभित्र राजमार्गले छोएर मिनीमार्केटको रुपमा विकास भएका जग्गाको भूमि कर सबैभन्दा बढी अर्थात् धुरको २० रुपैयाँ छ । वडा नम्बर ६ को धेरै जग्गाको भूमि कर धुरको २० र थोरैमा धुरको १० रुपैयाँ छ भने वडा नम्बर ७ को धेरैमा धुरको १० रुपैयाँ र थोरैमा २ रुपैयाँ प्रतिधुरसम्म भूमि कर कायम गरिएको छ । यसैगरी, इटहरी उपमहानगरको वडा नम्बर ८ को कोसी राजमार्ग, वडा नम्बर ९ र ८ को सिमाना दक्षिण टेङ्ग्रा खोला कल्भर्टसम्म कोसी राजमार्गमा जोडिएका जग्गाहरुको भूकि कर १५ रुपैयाँ प्रतिधुर कायम गरिएको छ भने पूर्वटोली गैसार, पृथ्वी चोकसम्म सडकमा जोडिएका सडकको दायाँबायाँका जग्गाहरुको कर धुरको १२ रुपैयाँ कायम छ । पशुपति चित्र मन्दिरदेखि दक्षिण विद्युत प्राधिकरणसम्मको मुल सडकमा जोडिएका सडकको दायाँबायाँका जग्गाको कर १२ रुपैयाँ र व्यापारिक, प्रमुख आवासीय तथा आवसीय क्षेत्रमा परेकादेखि बाहेकका वडा नम्बर ८ का अन्य जग्गाहरुको भूमि कर धुरको १० रुपैयाँ छ ।  वडा नम्बर ९ को धेरैमा १५ रुपैयाँ प्रतिधुरदेखि ५ रुपैयाँ प्रतिधुरसम्म भूमि कर तोकिएको छ । इटहरी ९ को फुलबारी मार्ग पश्चिम र हुलाकी मार्ग दक्षिण दुवै मार्गले नछोएका जग्गाको भूमि कर थोरैमा ६ रुपैयाँ तोकिएको छ भने बाटोले नछोएका सबै जग्गाको भूमि कर धुरको ५ रुपैयाँ छ ।

यसैगरी, इटहरी उपमहानगरको वडा नम्बर १० का हाइवे उत्तर दक्षिण कोशी राजमार्गले छोएका जग्गाको कर धुरको १५ रुपैयाँ छ भने ग्राभेल बाटोले छोएका जग्गाको कर ५ रुपैयाँ र नछोएका जग्गाको कर ३ रुपैयाँ धुर कायम छ । यस्तै वडा नम्बर ११ को पुराना तथा प्लटिङ बाटोले छोएका जग्गाहरुको कर धुरको ४ रुपैयाँ र बाटोले नछोएका सबै खेतियोग्य जग्गाको कर धुरको २ रुपैयाँ कायम छ । यस्तै, वडा नम्बर १२ को कोसी राजमार्गले छोएका दायाँबायाँका सबै जग्गाहरु धुरको १५ रुपैयाँ, कोसी राजमार्गले नछोएका जग्गाको कर धुरको ७ रुपैयाँ र मुल सडकसँग नछुने र शाखा बाटोले नछुने सबै खेतियोग्य जग्गाको कर धुरको ३ रुपैयाँ छ । यता वडा नम्बर १३ को कोसी राजमार्गले छुने जग्गाको कर धुरको १५ रुपैयाँ, गणेश मन्दिरदेखि सानो नहरसम्मका बाटोको दायाँबायाँका जग्गाको कर धुरको ५ रुपैयाँ र कच्ची र प्लटिङ बाटोले छुने जग्गाको कर धुरको २ रुपैयाँ कायम छ भने खेतियोग्य जग्गाको कर २ रुपैयाँ प्रतिधुर कायम छ । 

यता वडा नम्बर १४ को साविक वडा नम्बर १५ का ग्रावेल तथा प्लटिङ बाटोले छोएका जग्गाको मूल्याङ्कन ३ रुपैयाँ धुर, साविक वडा नम्बर ९ का मुल बाटोलाई छुने जग्गाको मूल्याङ्कन धुरको ५ रुपैयाँ र योबाहेक बाटोले नछोएका जग्गाहरु धुरको ३ रुपैयाँ तथा साविक वडा नम्बर १५ का अन्य  बाटोले नछोएका खेतियोगय जग्गाको कर धुरको २ रुपैयाँ कायम छ । यता वडा नम्बर १५ को शाखा बाटोले छोएका जग्गाको कर धुरको ३ रुपैयाँ र शाखा बाटोले नछोएका अन्य सबै खेतियोग्य जग्गाको मूल्याङ्कन धुरको २ रुपैयाँ कायम गरिएको छ । इटहरी उपमहानगरपालिकाले आफ्नो वडा नम्बर १६ को राजमार्गले छुने जग्गाको भूमि कर धुरको १२ रुपैयाँ, बालग्राम ेखि जव्दीसम्म बाटोले छोएका जग्गाको धुरको ५ रुपैयाँ र बाँकी बाटोले छुने जग्गाको ४ रुपैयाँ र बाटोले नछोएका जग्गाको कर धुरको २ रुपैयाँ तोकेको छ ।

वडा नम्बर १७ को पूर्वपश्चिम राजमार्गले छोएका जग्गाको कर धुरको १२ रुपैँयाँ, कान्छि चोकदेखि चतरा जाने बाटोको दायाँबायाँको बाटोले छोएका जग्गाको कर धुरको १० रुपैयाँ , राजमार्गबाहेक मुल सडकले छोएका जग्गाको कर धुरको ५ रुपैयाँ, शाखा बाटोले छोएकाको धुरको ४ रुपैयाँ र बाटोले नछुने जग्गाको कर धुरको २ रुपैयाँ तोकिएको छ । यता वडा नम्बर १८ को मुल सडकले छोएका जग्गाको कर धुरको ५ रुपैयाँ, शाखा बाटोले छोएका सबै जग्गाको धुरको ३ रुपैयाँ र बाटोले नछोएका जग्गाको कर धुरको २ रुपैयाँ तोकिएको छ । यस्तो वडा नम्बर १९ को भवानीपुर वरिपरिका मुल सडक र सहायक सडकले छोएका जग्गाको कर धुरको ८ रुपैयाँ, बाँकी सबै बाटोले छोएका जग्गाको भूमि कर धुरको ३ रुपैयाँ र बाटोले नछोएका खेतियोग्य जग्गाको कर धुरको २ रुपैयाँ तोकिएको छ ।