काठमाडौँः सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलले आज सिट बाँडफाँटको आधारका खाका प्रस्तुत गर्ने तयारी गरेको छ ।

आज अपरान्ह ४ः०० बजे बालुवाटारमा बस्ने कार्यदल बैठकमा सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने तयारी भएको बताइएको छ । गत वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलहरूको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँट आधारका खाका प्रस्तुत हुनेछ ।

गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिइसकेको छ ।